३ आश्विन २०८३, शनिबार । September 19, 2026

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने


६ श्रावण २०८१, आइतबार  

9
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् ।

बागमती प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका उनले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने भएका हुन् । आज दिउँसो बसेको पार्टि संसदीय दलको सुझावअनुसार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट राजीनामाको घोषणा गर्ने बताइएको छ ।

तत्कालीन सत्तासाझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरु बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन्। केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्तासमिकरण बनेपछि प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो। कांग्रेस र एमालेबीच भएको केन्द्रीय सहमतीअनुसार बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमती भएको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबारको बैठकले दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली