२ कार्तिक २०८३, सोमबार । October 19, 2026

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने


६ श्रावण २०८१, आइतबार  

9
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् ।

बागमती प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका उनले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने भएका हुन् । आज दिउँसो बसेको पार्टि संसदीय दलको सुझावअनुसार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट राजीनामाको घोषणा गर्ने बताइएको छ ।

तत्कालीन सत्तासाझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरु बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन्। केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्तासमिकरण बनेपछि प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो। कांग्रेस र एमालेबीच भएको केन्द्रीय सहमतीअनुसार बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमती भएको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबारको बैठकले दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि