काठमाडौं । शुक्रबार सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको बैठक बिहान १२ बजेपछि बस्ने भएको हो । बैठकले न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ ।