९ बैशाख २०८३, बुधबार । April 22, 2026

नेपाललाई सिंहदरबार बाेलाएर प्रचण्डले भने: ‘विश्वासको मत दिनुपर्‍याे’


२० पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आफू नेतृत्व सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालसँग विश्वासको मत मागेका हुन् । यता अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए । भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले भने, ‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ । हामी यसबारे पार्टीमा छलफल गर्छौं । र, टुंगो लगाउँछौं । सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन । खाली विश्वासको मतको बारेमा कुरा भएको छ । बाम पार्टीहरुको एकताको विषयमा विषय प्रवेश नै गरिएन ।’

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित