काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय शिक्षा ऐन जारी गर्न गृहकार्य भइरहेको बताएका हुन् । ‘वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ । उक्त ऐन…