काठमाडौं । कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ प्रधानमन्त्री कप क्रिकेटका सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिवार भएको खेलमा एपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर…