२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

म्याग्दीमा चुनावको तयारी तीव्र


२० कार्तिक २०७९, आइतबार  

6
Shares

म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा तयारी तीव्र पारिएको छ ।

चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । “प्राप्त भएको मतपेटिका, मतपत्र, छेकावार, कोरा कपडा, स्वस्तिक छाप, मसीलगायत मतदान केन्द्रमा आवश्यक पर्ने सामग्रीलाई प्याकिङ गरेर तयार पारिएको छ”, उनले भने, “मतदाता शिक्षा अभियान सञ्चालनसँगै कर्मचारी व्यवस्थापनको तयारीमा जुटेका छौँ ।”

एक सय २० मतदान अधिकृत, एक सय २० सहायक मतदान अधिकृत, पाँच सय ९३ सहायक कर्मचारी, एक सय २० जना सहयोगी कर्मचारी मतदान केन्द्रमा खटाउन छनोटको प्रक्रिया थालिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराइएको छ । बदर मतको दर घटाउन मतदाता शिक्षाका लागि जिल्लाभर चार सय ६१ जना स्वयंसेवक परिचालन भएका छन् ।

स्वयंसेवकले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा सिकाउने छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समितिले म्याग्दीका ८२ मतदानस्थलमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ लाई संवेदनशील र नौवटालाई सामान्य समूहमा राखेर योजना बनाएको नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

सात सय ३२ जना म्यादी प्रहरी भर्ना गरेर १० दिनको तालिम प्रदान गरी परिचालन गरिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ