एजेन्सी । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि आयोजक भारत र बङ्गलादेश आमनेसामने हुनेछन्। यो निर्णायक भिडन्त भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः१५ बजे सुरु हुने कार्यक्रम छ। सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने बङ्गलादेशले नेपाललाई २–१ ले हराउँदै…