काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् । चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी रहेको बेला ओलीले दाहाललाई फोन गरेका हुन् । पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएको छ । आगामी दिनमा मिलेर जानुपर्ने ओलीको प्रस्ताव रहेको दाहालको सचिवालयले जनाएको छ…