८ कार्तिक २०८३, आइतबार । October 25, 2026

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार


१० मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताउदै आफ्नो निर्वाचन खर्च सार्वाजनिक गरेका छन् ।

लामिछानेले शनिबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र खर्च भएको पनि जानकारी दिएका हुन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । चिवन क्षेत्र २ बाट निर्वाचित लामिछानेले आफुलाई मतदान गरी विजयी गराएकोमा मतदातालाई धन्यवाद दिएका छन् ।

उनले निर्वाचन सकिएको र आफु निर्वाचित भैसकेकाले अब विजयको खुसियाली मनाउने समय सकिएको भन्दै १० बुँदामा आफ्नो प्रतिबद्धता समेत जनाएका छन् । राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि शनिबार साँझ काठमाडौं जाने उल्लेख गर्दै केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर यहाँका नागरिकको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि