३० चैत्र २०८१, आइतबार । April 13, 2025

डेङ्गीबाट थप एकको मृत्यु

काठमाडौं । डेङ्गीका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गीबाट मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ । मुलुकका ७७ वटै जिल्लामा डेङ्गी फैलिएको मन्त्रालयले जनाएको छ ।