काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभाबी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । जनप्रतिनिधि तथा कर्मचारी वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देखिएकाले त्यस्ता कार्यक्रममा नजान मन्त्रालयको निर्देशन छ ।…