काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा बैठकमा सहभागि हुँदा भड्किलो पोसाक लगाएत जान नपाइने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो । सांसदहरुले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको हो । साथै सांसदहरुले बैठकमा सहभागि हुँदा अनिवार्य रुपमा…