काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार…