३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

एकदिवसीय विश्वकप क्रिकेट

साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित


२८ आश्विन २०८०, आइतबार  

6
Shares

एजेन्सी । एकदिवसीय विश्वकपको आफ्नो तेस्रो खेलमा साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा इंग्ल्याण्ड ६९ रनले पराजित भएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ४०.३ ओभरमा २ सय १५ रन मात्र बनाउन सक्यो । योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हासिल गर्न सफल भएको छ । इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान दिए ।

त्यस्तै डेविड मलानले ३२ तथा आदिल रसिदले २० रन बनाए । अन्त्यतिर मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले ३–३ तथा मोहमद नाबीले २ विकेट लिए । यसअघि अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरुबाजले सर्वाधिक ८० रनको योगदान दिए ।

उनले ओपनर इब्राहिम जाडरानसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । जाडरानले २८ रन बनाए । जाडरान आउट भएपछि भने अफगानिस्तानले लगातार विकेट गुमाउँदै गयो । ११४ रनमा बिना कुनै विकेट गुमाएको स्थितिमा रहेको अफगानिस्तानले १७४ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।

त्यसपछि इक्रम अलिखिलले पाली सम्हाले । उनले ५८ रन बनाए भने उनलाई रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाउँदै राम्रो साथ दिए । इंग्ल्याण्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए ।

तीन खेलमा इंग्ल्याण्डको यो दोस्रो हार हो । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि