९ फाल्गुन २०८२, शनिबार । February 21, 2026

एसीसी प्रिमियर कप: टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ । खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।