एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टर जीवितै रहेको कुनै सङ्केत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन् । इरानको सरकारी मिडियाका अनुसार राहत तथा उद्धार टोली केही समयभित्रै दुर्घटनास्थलमा पुग्नेछ…