२१ असार २०८३, आइतबार । July 5, 2026

कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ। मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।