३ आश्विन २०८३, शनिबार । September 19, 2026

साफ यु–१७ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल भारतसँग

काठमाडौं । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा आगामी अगस्ट २० देखि सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार प्रतियोगिताको कार्यक्रम सार्वजनिक गरेको हो। चार राष्ट्र सहभागी हुने यस प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। यो खेल दिउँसो ३ बजे हुनेछ भने त्यसै…