२० असार २०८३, शनिबार । July 4, 2026

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

काठडमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।