काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् । शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा समस्या देखिएइको छ । माइक्रोसफ्ट कम्पनीले यो समस्याबाट आफू अवगत भएको र समाधानका लागि एउटा समूहलाई परिचालन गरेको जानकारी…