१२ पुस २०८२, शनिबार । December 27, 2025

जहाजमा थिए १९ यात्रु, गृहमन्त्री विमानस्थलमा

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको जनाइएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको उक्त जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । हाल उद्धारको काम जारी छ । जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ हिँडेका छन् ।