१४ असार २०८३, आइतबार । June 29, 2026

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः पाइलटसहित सवार पाँचै जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना परि पाइलटसहित पाँचै जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । दुर्घटनामा पाइलट मल्लसहित पाँचजना सवार रहेकामा सबैको मृत्यु भएको छ ।