काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ । नेपाली क्रिकेट टिमले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजको तयारीका लागि भारतीय क्रिकेट बोर्डको क्रिकेट एकेडेमी एनसीएमा दुई साता प्रशिक्षण गर्ने भएको हो । सो प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान)…