एजेन्सी । सोमबार बिहान स्थानिय समय अनुसार साढे एक बजे अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित उत्तरी सहर केर्न्समा रहेको हिल्टन होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु भएको छ । यस्तो हेलिकप्टर दुर्घटनामा परि होटलमा रहेका दुई पर्यटक समेत घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । घाइते हुनेमा ८० वर्षिय बुद्ध, ७० वर्षीया महिला रहेको र उपचारका लागि…