२४ चैत्र २०८२, मंगलबार । April 7, 2026

सोलुखुम्बुमा हिमताल फुटेको आशङ्का, थामे क्षेत्रमा त्रास

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीले थामे गाउँमा ठुलो क्षति भएको हुनसक्ने आशङ्का समेत गरिएको छ । सदरमुकामबाट तीन दिन टाढाको क्षेत्रमा उक्त घटना भएको हो ।…