२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्रीहरु अलपत्र

रुकुम । लगाताको बर्षासँगै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रानिकोटमा पहिरो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्धहुँदा सयौँ यात्रीहरु बाटोमै अलपत्र परेका छन् ।