काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रन…