काठमाडौं । नेकपा एमालेबाट साधारण सदस्य समेत नरहनेगरि निष्काशित भएका नेता डा. भीम रावलले आगामी पुस १७ गते पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको बताइएको छ । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको…