काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका लागि श्रमिकको स्वास्थ्य परीक्षणलाई डिजिटलाइज गर्ने निर्णय गरेको छ। यसका लागि उच्चस्तरीय विशेषज्ञहरूको कार्यदलले स्वास्थ्य परीक्षण प्रक्रिया सुधार्न "सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम" स्थापनाका लागि सरकारलाई सिफारिस गरेको थियो। श्रममन्त्री शरतसिंह भण्डारीले शुक्रबार उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेका छन्। यसले श्रमिकलाई उच्च तापमान (हिट स्ट्रेस) जस्ता…