काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले नेपाललाई उपाधि जित्न १७५ रनको चुनौती दिएको छ। मङ्ककस्थित मिसन क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको सशक्त स्कोर बनायो। कुवेतले आक्रामक सुरुवात गरेको थियो। ९ ओभरमै उसले २ विकेट गुमाउँदै १०० रन पार गरिसकेको थियो…