एजेन्सी । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । गए राती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले आरबी लेइपजिंगलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए…