एजेन्सी । भारतको जम्मु–कश्मीरको किश्तवाड जिल्लामा हिजो बिहान आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। चाशोती क्षेत्रमा बिहान करिब ११:३० बजे आरीघोप्टे वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्याइएको छ, जसमा ११ जनाको मात्र पहिचान भएको छ। १ सयभन्दा बढी मानिस घाइते…