चितवन । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् । शुक्रबार किसानहरूले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । टमाटर, काउली, बन्दालगायतका तरकारीले सडक ढाकिएका छन् । भारतीय तरकारी आयातमा रोक लगाउन पटकपटक सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि सडकमै आउनु परेको किसानहरूको गुनासो छ । ‘बारीमा जाउँ भविष्य छैन, खाडीमा…