काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आजबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्। यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो। दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका…