२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्से परिसूचक ४६ दशमलव ७६ अंकले वृद्धि


२५ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमवार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ । सोमवार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आईतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै,विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । सोमवार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य भने ३.५७ प्रतिशत घटेको छ ।

आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ