१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले आजबाट एकीकृत कारोबार सुरु गर्दै


२७ पुस २०७९, बुधबार  

12
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आजबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्।

यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो। दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको हो।

त्यस्तै, मेगा बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो। मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ। यी दुई बैंकबिच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो।

इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन। अब मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ। यसरी इन्भेष्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको हो। मर्जर पछि बैंक सञ्चालक समितिको अध्यक्षको रूपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था