चितवन । आगामी बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ गरि ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ् ।
यि ३ वटा निर्वाचन क्षेत्रमध्य सवैभन्दा धेरै चर्चामा रहेको निर्वाचन क्षेत्र हो चितवन २ । यो निर्वाचन क्षेत्र उम्मेदवारकै कारण पनि सवैभन्दा धेरै चर्चामा रहेको छ । यस निर्वाचन क्षेत्रमा राजनीतिक दलबाट १२ र स्वतन्त्र १२ गरि जम्मा २४ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । यसमध्य रास्वपाको सभापति रवि लामिछाने, नेकपा एमालेको तर्फबाट रामप्रशाद न्यौपाने र नेपाली कांग्रेसको तर्फबाट जितनारायण श्रेष्ठ मुख्य प्रतिष्पर्धिको रुपमा देखिएका छन् ।
निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको प्रचार प्रसारको समय निकै कम छ । बैशाख ७ गते राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले प्रचारको केहि घण्टा मात्रै बाँकी हुँदा चितवनको गर्मि जसरी नै यतिबेला यहाँको राजनीतिक माहोल पनि गर्माएको छ । रास्वपका सभापति रवि लामिछाने उम्मेदवार रहनु र उनलाई यसपटक संसद छिर्न बाट रोक्न अन्य राजनीतिक दलले गरिरहेको प्रयासले पनि यहाँको निर्वाचन माहोल तताएको छ ।
गत मंसिर ४ को निर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछानेनै निर्वाचित भएका थिए । उनले जम्मा ४९ हजार २ सय ६४ मत प्राप्त गरेका थिए । जुन मत उनका निकटस्थ प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठ भन्दा ३४ हजार २ सय ८१ मतले धेरै हो ।
त्यस्तै गएको निर्वाचनमा यस क्षेत्रमा उम्मेदवार रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । चितवन बाट जित हात पारेर उपप्रधान सहित गृहमन्त्री बनेका रवि लामिछानेको नागरिकता विवादले सर्वोच्चमा प्रवेश पायो र उनलाई अदालतले दोषी ठहर गर्दै उनको सांंसद र मन्त्री पद पनि गम्यो ।
जसकारण बैशाख १० चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । रविको जुन गल्तीले यहाँ उपनिर्वाचन हुन लागेको छ । यसै बिषयलाई हतियार बनाएर यतिबेला नेपाली कांग्रेस र नेकपा एमाले लगाएतका अन्य दलहरुले चुनावी अभियान चलाएका छन् । जसकारण यसपटक रवि लामिछाने र उनको दल रास्वपा मंसिर ४ मा पाएको मत जोगाएर आफ्नो साख जोगाउने दाउमा छन् ।
यता अन्य दलहरु भने विगतमा आफ्ना गल्तिका कारण रविको पक्षमा गएको मतलाई फर्काएर जित हात पार्ने रणनितिमा लागेका छन् । केन्द्रिय स्तरका नेताहरुले पनि यस निर्वाचन क्षेत्रको चुनावी प्रतिष्पर्धालाई प्रतिष्ठाको नजरले पनि हेर्न थालेका छन् । अर्को कुरा परिक्षण नभएका ताजा दल र ताजा उम्मेदवार रवि लामिछानेप्रति जुन समर्थन चितवनवासीको थियो मंसिर ४ मा, पछिल्लो घटनाक्रमले समर्थन गुम्ने आशंका पनि राजनीतिक वृतमा रहेको देखिन्छ ।
प्रतिपक्ष बेन्चबाटै जनआवाज उठाउने म्यान्डेट पाएको रास्वपाले सरकारमा जान कहिले प्रचण्ड त कहिले गर्नु र आफुले मन्त्री नपाउँदा हतारमा पार्टीलाई नै सरकारबाट बाहिर बोलाउने जुन काम गरे यसले पनि रविलाई केहि हदसम्म नकारात्मक प्रभाव भने पारेको नै छ । तर जुन तहबाट अन्य दलहरुले रविको प्रचार गरिरहेका छन् । त्यो यर्थाथमा हेर्दा देखिदैन् । उनको चुनावी सभाहरुमा सर्वसाधारण मतदाताको लर्को नै लागेको देखिन्छ ।
यस हिसावले पनि मतान्तार केहि तलमाथि भएपनि चितवन २ को चुनावी माहोल भने रविकै पक्षमा देखिएको छ । यद्यपी, यस क्षेत्रमा कसले बाजि मार्ला ? आफ्नो साख जोगाउन रवि सफल होलान ? या जुन तवरबाट रविलाई रोक्न अन्य राजनीतिक दलहरुले कसरत गरिरहेका छन् त्यो सफल होला त ? यसको जवाफ भने निर्वाचन परिणमले नै देखाउने छ ।
प्रतिक्रिया