२२ माघ २०८२, बुधबार । February 4, 2026

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण



बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ ।

गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाले जनाएको छ ।

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रू दुई लाख बाट पदमार्ग निर्माण थालिएको र करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरिने बताईएको छ । गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिँड्ने गरेको भन्दै पदमार्ग निर्माणपछि पदयात्रा सहज हुने अपेक्षा रखिएको छ ।

जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर करिब १२ सय मिटरको दूरीमा पर्दछ । वसन्तापखोर उच्च पहाडमा पर्ने हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्नुका साथै बागलुङलगायतका धेरै ठाउँ यहाँबाट देख्न सकिन्छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल