२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

जहाज दुर्घटनामा मृत्यु हुनेकाे सम्झनामा स्वस्ति शान्ति



पोखरा । पोखराको विन्ध्यावासिनी मन्दिरमा यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेको चीर शान्तिको कामना गर्दै स्वस्ति शान्ति तथा दीप प्रज्वलन गरिएको छ ।

माघ १ गते काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ गर्ने तयारी गरिरहेको यती एयरलाइन्सको जहाज सेती खोंचमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ७२ जनाको मानवीय क्षति भएको थियो । दुर्घटनामा ज्यान जाने सबैको चीर शान्तिको कामना गर्दै विन्ध्यावासिनी धार्मिक विकास समितिले बिहान स्वस्ति शान्ति र बेलुका दीप प्रज्वलन गरेको हो ।

‘पोखरामा भएको जहाज दुर्घटनाले देशलाई शोक डुबायो । कति विदेशी पाहुना परे । कति चाडवाड मान्न र परिवारलाई भेट्न आएकाहरु परे । यो देशका विभिन्न क्षेत्रमा अब्बल मानिएका व्यक्तिहरु पनि परे,’ समितिका सचिव तीर्थ श्रेष्ठले भने, ‘पोखरामा भएको यो दुर्घटनामा ज्यान जानेको नामसहित श्रद्धा अर्पण गर्दै चीर शान्तिको कामनामा स्वस्ति शान्ति र दीप प्रज्वलन गरेका हौं ।’ पोखराका मेयर धनराज आचार्य, वडा नम्बर २ का अध्यक्ष दीपसमान प्रधानांग र समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ लगायत सर्वसाधारण र दुर्घटनामा ज्यान गुमाउनेका शुभचिन्तकहरुको समेत सहभागी थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको