७ चैत्र २०८२, शनिबार । March 21, 2026

म नछुने कसरी भएँ ?

डिसेम्बर ८ तारिक अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस



पेट बेस्सरि दुखेको थियो । पौने नौ बजे तिर ओछ्यानबाट ओर्लिएँ । एउटा हातले पेट, अर्कोले आँखा मिच्दै टोईलेटतर्फ लम्किएँ । बुबा (हजुरबुबा) को कोठा टोईलेट सँगै जोडिएको थियो । उहाँ निस्किएर आउनु र म त्यस तर्फ जानु सँगै भयो । के गर्‍या, नछोई हिड्न । नछुनि हुँदा त ख्याल गर्नु नी ।

म छाँगाबाट खसे जस्तै भएँ । म नछुने कसरी भएँ ? काठमाडौँमा हुर्किएकी, आफ्नो जिवनको झण्डै दुई दशक एउटा कोठामा बाबा, ममी, भई र म बसेरे पार भएको । ममी महिनावारी हुँदा बाबाले छिछि दुरदुर गर्ने, ममीले पकाएको नखाने जस्ता दृष्य कहिल्यै नदेखेकी म । अचानक पुजनिय र असाध्यै माया गर्ने मेरो बुबाले यसो भन्दा त्यहीँ बिलाउन मन लागेको थियो ।

महिनावारी आखिर हामी महिलाले गर्ने पाप त होईन । महिनावारी नहुने हो भने जिवनचक्रनै छैन । त्यस बखतको शारिरीक पिडा अलगै । यति हुँदापनि यो समाजकै होईन जस्तो व्यवहार सात दिन सम्म किन झेल्नु पर्ने ?

आमा (हजुरआमा) सँग मेरो यस विषयमा सँधै विवाद हुने गर्छ । मलाई सम्झाउन महिलाको कमजोर स्वास्थ्य र वैज्ञानिक कारण जस्ता तर्कहरु दिन आजकल उहाँ माहिर हुनुभएको छ । तर वर्षमा एक पटक आउने बडा दशै मान्न पुख्र्यौली थलो जाँदा ममी र काकिहरुले भित्र पस्नु हुन्न भन्दै महिनावारी हुँदा ठुल्ठुला घाँसका मुठा बोकेको देखेको छु । अनि मैले आमाको तर्क कसरी पत्याउने ।

भन्सामा नछिर्ने, पुजा नगर्ने जस्ता कुराहरुलाई मैले बिल्कुलै गलत भनेको चाहिँ नठान्नुहोला है । एक त पहिले सरसफाईमा महिलाहरुलाई ठुलो समस्या हुने गथ्र्यो । मेलापात, घाँस दाउरा गर्न पथ्र्यो, त्यसैले कामको चाप बढि हुन्छ र सफा सुगर हुँदैन भनेर यस्ता नियमहरु लागु भएको हुन पर्छ । अहिले पेन्टी, प्याड, ट्याम्पोन, मेन्सुरल कपहरु लगभग धेरै महिलाको पहुँचमा छ । कम्सेकम शहरी क्षेत्रका महिलाहरुले यसको सहजै उपभोग गर्न पाउने अवस्था छ ।

अब यस्तोमा भन्सामा छिरेर पानी पिउन नपाउने, परिवारसँग बसेर खाना खान नपाउने, भाईलाई र बाबालाई छुन नहुने । यस्तो कुरा म कसरी स्वीकार गरौँ । पहिला सानो छँदा कहिलेकाहिँ आमा गाउँबाट काठमाडौँ आउँदा ममी, बाबालाई हेरेर नाक खुम्च्यानुभएको अझै याद छ । अलि बुझ्ने भएपछि पत्तो पाएँ, एउटै बिस्तारामा सुत्न हुँदैन भनेर रहेछ । महिला के शारीरिक सम्पर्क राख्ने, बच्चा उत्पादन गर्ने मेसिन मात्रै हो ?

महिनाभरि आफुले सुख दिएको श्रीमानले ४ दिन आफ्नो स्याहार गर्दा त्यही महिलालाई पाप लाग्ने ? पाप धर्मको ठेक्का महिलाको मात्रै हो ? अझ महिनावारी भएका बेला उ बेलाका महिलाहरुले भोग्नु परेको वैवाहिक बलात्कारका व्यथा सुन्दा आङनै जिरिङ्ग हुन्छ । एकपटक बिचार गर्नुहोस् त, पहिलो बच्चा मात्रै चार वर्षको छ । आमा लामो समय अस्पताल भर्ना भएर, हातमा बहीनी लिएर घर फर्किदा त्यो बच्चाको मनमा कति खुसी हुँदो हो, आमा सँग कति न्यास्रीएको हुँदो हो । आमासँग अँकमाल गर्न जाँदा ११ दिन नभई छुन हुँदैन भन्दा उसको चेतनाले के भ्याउला र बालमानसपटलमा कस्तो असर पर्ला ?

उसलाई बहिनी र आमा कमजोर छन् टाढै बाट हेर्नु अथवा दुःख नदिनु भनेर सम्झाउनु पर्नेमा यस्तो सिख दिने अनि घर बाहिर महिला अधिकारका चर्का नारा लगाउँदै हिड्ने । नेपालको संविधानले भाग ३ को धारा ३८ मा महिलाको अधिकारलाई बिशेष रुपमा उल्लेख गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाइ मौलिक अधिकारको रुपमा सुनिश्चीत गरेको छ । तर शहरबजारका पढेलेखेका भनिएकाहरु अझैपनि पितृसतात्मक सोचबाट माथि उठ्न सकेका छैनन् । नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुको प्रमुख स्वास्थ्य समस्या र मृत्युको कारण यौन तथा प्रजनन् स्वास्थ्य रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

छाउ गोठ प्रथाका कारण कति युवतिहरु सर्पको टोकाईले मरे, कति जंगली जनावरको पञ्जामा परे भने कति मर्यादाको खोल ओड्ने मानवरुपी ब्वाँसाहरुले लुछेर मरे । महिलाको स्वास्थ्य र जीवनसँग जोडिएको यस्तो गम्भिर विषयलाई संवेदनशिल भएर हेर्नुको साटो शारिरीक पिडा भन्दा कैयौँ गुणा बढि मानसिक पिडा दिन्छ हाम्रो समाजले । महिनावारी बिभेद/छुवाछुत जस्ता हानीकारक अभ्यासलाइ कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त छन् ।

महिनावारी सम्बन्धि हिंसाअन्त्य गर्ने उद्देश्यका साथ प्रत्यक वर्ष डिसेम्बर ८ तारिकका दिन अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । मर्यादित भित्र महिनावारी प्रति परिवर्तित र सहि सोच, महिलाको स्वास्थ्य, सरसफाई, शिक्षा, मानवअधिकार, सशक्तिकरण, मानसिक सहयोग र सानैदेखि महिनावारीका बारे सहि चेतना जस्ता कुरा पर्छ । महिला हिंसाको अन्त्य र उनिहरुको अधिकार सुनिस्चितताका लागि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न चेतनामुलक कार्यक्रमहरु गरि अभियाननै चलाईन्छ । तर विश्व स्तरीय प्रयासका बावजुदपनि पितृसतात्मक सोचले ग्रस्त समाज थोरैपनि बदलिने छाँट देखाउँदैन ।

हाम्रो समाजलाई न त यस्ता नाराले छोएको छ न महिलाको पिडालेनै ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो