११ चैत्र २०८२, बुधबार । March 25, 2026

बागलुङको पात्लेगाउँमा घरघरमा धारा


१७ मंसिर २०७९, शनिबार  

6
Shares

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङको बडिगाड–१० पात्लेगाउँका बासिन्दा कुवा, पोखारी र कुलाको दूषित पानी उपभोग गर्न बाध्य थिए ।

अहिले नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले घरघरमा धारो निर्माण गरिदिएपछि गाउँले सहज बनेको छ । पात्लेगाउँका ८७ वर्षीय दलबहादुर रास्कोटीले गाग्रीमा पानी बोक्न थालेको ८१ वर्ष भयो । छ वर्षको उमेरदेखि नै खानेपानी बोकेर उपभोग गर्दै आएका रास्कोटीको मुहारमा अहिले खुसी छाएको छ ।

घरघरमा धारा निर्माण भएपछि रास्कोटीलगायत सिङ्गो गाउँलेको अवस्था फेरिएको छ । यसअघि बस्ती नजिक खानेपानीको मुहान नहुँदा गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो । अहिले उक्त समस्याबाट स्थानीय मुक्त भएका छन् ।

वर्षौंदेखि पोखरी र कुवाको फोहर पानी छानेर उपभोग गर्नुपर्ने बाध्यता थियो । एक गाग्री पानी ल्याउन तीन घण्टाको यात्रा गर्नुपथ्र्यो । “बाउबाजेले यस्तै कुवा, पोखरीको पानी खाए, हामीले पनि सानैदेखि टाढाबाट पानी बोकेर खायौँ, बल्ल घरमा पानी आयो”, रास्कोटीले भने । रास्कोटीले तीन घण्टा टाढाको छिमेकी गाउँ दर्लिङखोलाबाट पानी बोकेर उपभोग गरेको विगत सुनाए । “अधिकांश समय पानी बोक्नमै बित्थ्यो”, उन भने, “पानी भर्न छिमेकीसँग झगडा हुथ्यो ।”

स्थानीय शान्ती थापा सहर बजार नजिकको गाउँमा घरमा धारा नहुनु दुःखद कुरा भएको बताउछन् । उन भने, “हामी काकाकुल भयौँ, खानेपानीका लागि विभिन्न निकायलाई गुहार्‍यौँ, कुनै सुनुवाइ भएन ।” घण्टौँ लगाएर खाली खुट्टा पानी बोक्दा बिरामीसमेत हुने गरेको थापाले विगत स्मरण गरे ।

समयमा पानी ल्याएर घर नआउँदा बालबालिकालाई विद्यालय पठाउनसमेत नसेको उनले बताए । “टाढाको पानी, बिहान उज्यालो नहुँदै जानुपथ्र्यो, नत्र पालो पाउन मुस्किल पथ्र्यो, केटाकेटीलाई स्कुल पठाउन अबेर हुन्थ्योे”, थापाले भने, “कति समय त फोहर पानी खाँदा बिरामी पनि परियो ।” स्थानीय सुनिता विकले चाँडो पालो पाउनका लागि रातको समयमा जङ्गलको बाटो हिँडेर पानी बोकेको अनुभव सुनाए ।

उन भने, “पानी बोक्नुपर्दा खाना र खाजा खाने समय एउटै हुन्थ्यो, अरु काम गर्ने समय नै मिल्दैनथ्यो ।” नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले प्राथमिकतामा राखेर खानेपानीको व्यवस्थापन गरिएको बताए । उनले जिल्लाका अन्य ठाउँमा समेत नेवाले पानीको व्यवस्थापन गरिरहेको बताए ।

घना जङ्गलबीचको पात्लेगाउँमा २९ घरमा २१ धारा निर्माण गरिएको छ । धारा निर्माण गर्न करिब रु ४५ लाख खर्च भएको नेवाले जनाएको छ । यसका लागि नेवाले रु ३१ लाख ५० हजार, बडीगाड गाउँपालिकाले रु तीन लाख ८३ हजार र स्थानीयले रु १० लाख बराबरको श्रमदान गरेका थिए ।

गाउँदेखि छ किलोमिटर टाढाको निगलपानी मुहानबाट पाइपलाइनमार्फत पानी ल्याइएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali