२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एभरेष्ट मिडियाद्वारा आश्रमलाई सहयोग



कास्की । पोखरास्थित एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ तयार गरिदिने भएको हो । यसका लागि रु पाँच लाख ११ हजार एक सय ११ दिने प्रतिबद्धता व्यक्त गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए । उक्त रकममध्ये पहिलो किस्तास्वरुप रु एक लाख एक एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गरे ।

आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहीन सडक आश्रित मानव राख्न पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा भवन निर्माण गरिरहेको छ । यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा उसले मानवसेवा आश्रम पोखरालाई रु एक लाख आठ हजार आठ सय ४८ सहयोग गरेको थियो । एमका लगानीकर्ता दीपक कार्कीले पनि आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गरे । यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धिका लागि पोखरामा आउँदो पुस १२ गते चर्चित ब्याण्डको ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागिएको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपथ्य लाइभ कन्सर्ट हुनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको