२९ चैत्र २०८१, शनिबार । April 12, 2025

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड



बागलुङ । चैते दसैँको अवसरमा बागलुङ स्थित कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ। आइतबारदेखि शुरु भएको नवरात्रमा मन्दिरमा विशेष पूजाआराधना र बलि दिइने परम्परा अनुसार भक्तजनहरू दूरदूरबाट मन्दिरमा पूजा गर्न आएका छन्।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार, चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन् र यस पटक पाँच लाखभन्दा बढी भक्तजनको आगमनको अनुमान गरिएको छ।

चैत २० गतेदेखि मन्दिरमा मेलाको आयोजना गरिएको छ, जसमा स्थानीय कला र संस्कृति झल्कने झाँकी प्रदर्शन हुनेछ। मेला आयोजको लागि ५५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक