३ आश्विन २०८३, शनिबार । September 19, 2026

बालबालिकाले बालगृहमै लगाए भाइटीका


१० कार्तिक २०७९, बिहिबार  

6
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका(१) वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् ।

तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ ।

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । “दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्”, उनले भने ।

बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यहीँ भाइटीका मनाउँदै आएका छन् । बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ