२४ आश्विन २०८३, शनिबार । October 11, 2026

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम


७ जेष्ठ २०८३, बिहिबार  

0
Shares

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा सकेर नतिजा पर्खिरहेका विद्यार्थीलाई लक्षित गर्दै ७ दिने निःशुल्क कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जेठ ११ गते देखि सुरु हुने “करिअर पाथ वे” मा विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले प्रोग्रामिङ, एआई, साइबर सेक्युरिटी, वेभ डेभलप्मेन्ट, मोबाइल डेभलप्मेन्ट जस्ता आधुनिक आइटी क्षेत्रबारे जान्न पाउने छन् । दैनिक ३ घण्टा नयाँ नयाँ विषयमा ज्ञान लिएका विद्यार्थीले एक साता लामो कोर्स सकेपछि सर्टिफिकेट पनि पाउनेछन् । विभिन्न शैक्षिक पृष्ठभूमिबाट आएका विद्यार्थीलाई आइटी उद्योगको वर्तमान अवस्था, भविष्यका अवसर तथा आवश्यक सीपबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर पङ्कज जालानले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमले विद्यार्थीलाई स्नातक तहमा भर्ना हुनुअघि नै आफ्नो करियरबारे स्पष्ट धारणा बनाउन मद्दत गर्नेछ।
“पहिले बुझौँ, त्यसपछि निर्णय गरौँ” भन्ने सोचका साथ ल्याइएको यो पहलले युवाहरूलाई प्रविधिमैत्री भविष्यतर्फ उन्मुख गराउने कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीले व्यावहारिक ज्ञान, विशेषज्ञसँग अन्तरक्रिया तथा आइटी क्षेत्रका सम्भावनाबारे नजिकबाट बुझ्ने अवसर पाउने उहाँको भनाई छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले हाल बी.एस.सी इन कम्प्युटर साइन्स अन्तर्गत आर्टिफिसियल इन्टिलिजेन्स, साइबर सेक्युरिटी र डेटा एनालाइटिक्सका विशेष कक्षा सञ्चालन गर्दै आएको छ । त्यसै गरी बी.एस.सी इन इन्फरमेशन टेक्नोलोजी अन्तर्गत आई क्लाउड इन्जिनियरिङ र इन्टरनेट अफ थिङ्स जस्ता विषयमा पनि अध्यापन गराइँदै आएको छ । फाउण्डेशनले एम.एस.सी. इन इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

कार्यक्रमबारे थप जानकारीका लागि एलबीइएफ करियर पाथवेज् मा हेर्न सकिनेछ भने सहभागी हुन इच्छुक विद्यार्थीले कलेजको वेबसाइट मा गई रजिस्ट्रेशन फर्म भरेर कार्यक्रम मा सहभागी हुन सक्नेछन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि