२४ भदौ २०८३, बुधबार । September 9, 2026

पर्वत जाँदै गरेको बस अर्घाखाँचीमा दुर्घटना, करिब ३० जना घाइते


२९ बैशाख २०८३, मंगलबार  

6
Shares

अर्घाखाँची । सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ग १ ख ५०४ नम्बरको बस अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–८, कोलेडाँडा स्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको छ।

बस अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित करिब ३० जना यात्रु घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा तथा नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated