२३ चैत्र २०८२, सोमबार । April 7, 2026

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने


४ चैत्र २०८२, बुधबार  

24
Shares

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको छ।

दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण गर्नेछ। सम्झौतापछि ओम्नी (काबरा) ग्रुपले ससीला मोटर्स प्रा.लि.सँगको सहकार्यमा किटोन भ्यान र चेरी वान्डा बस देशभर बिक्री गर्नेछ। नेपालका अटोमोबाइल क्षेत्रमा स्थापित दुई कम्पनीबीचको यो सहकार्यलाई विद्युतीय कमर्सियल सवारीसाधनको बजार विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा विशेष पहिचान बनाएको ससीला मोटर्स प्रा.लि. विद्युतीय कमर्सियल सवारीसाधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा चिनिन्छ। त्यस्तै ओम्नी (काबरा) ग्रुप पनि व्यवसायिक सवारीसाधनको बिक्री–वितरणमा करिब ३५ वर्षदेखि सक्रिय रहँदै आएको कम्पनी हो। यी दुई संस्थाबीचको सहकार्यले नेपाली अटोबजारमा विद्युतीय सवारीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

ससीला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा विद्युतीय व्यवसायिक सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि यो साझेदारी महत्वपूर्ण हुने बताए। उनका अनुसार यस सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने, देशव्यापी पहुँच विस्तार हुने तथा ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

ओम्नी (काबरा) ग्रुपका निर्देशक उदयन काबराले ससीला मोटर्ससँगको सहकार्यबाट बजारको आवश्यकता अनुरूप प्रभावकारी, भरपर्दो र दिगो व्यवसायिक सेवा प्रदान गर्ने बताएका छन्।

उनले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै बिक्रीसँगै सर्भिस तथा अन्य सेवासुविधालाई समेत चुस्त र विश्वसनीय बनाइने जानकारी दिए।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने