१० श्रावण २०८३, आइतबार । July 26, 2026

पब्लिक ड्राइभिङ सेन्टरको सहकार्यमा शुद्धोदनमा सवारी चालक तालिम सम्पन्न, ३० प्रशिक्षार्थी तयार


१९ जेष्ठ २०८२, सोमबार  

51
Shares

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका– मानपकडीमा आर्थिक प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यसहित “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ एक महिनाको हलुका सवारी चालक तालिम आइतबार समापन गरिएको छ।

शुद्धोदन गाउँपालिका र बुटवलस्थित पब्लिक ड्राइभिङ ट्रेनिङ सेन्टरको सहकार्यमा आयोजित तालिम गत बैशाख १२ गतेदेखि सुरु भई पालिकाको सभाहलमा सम्पन्न भएको हो। तालिममा महिला तथा पुरुष गरी ३० जनाले सहभागिताका थिए ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले समापन कार्यक्रममा बोल्दै, “यो तालिमले युवायुवतीहरूलाई स्वदेश तथा विदेशमा स्वरोजगार बन्ने बाटो खोलेको छ,” भन्दै तालिमको दीर्घकालीन उपयोगितामाथि जोड दिए ।

पब्लिक ड्राइभिङ ट्रेनिङ सेन्टरकी प्रबन्ध निर्देशक माया पाण्डेले आजको दिनमा ड्राइभिङजस्तो व्यवहारिक सिप सिक्नु अत्यन्तै आवश्यक रहेको बताउँदै भनिन्, “ड्राइभिङ सिप मात्र होइन, यो आत्मनिर्भरता, रोजगारी र व्यवसायिक अवसरतर्फ डोर्याउने मूल आधार हो।” यस्तो तालिमले युवाहरूलाई स्वदेशमा मात्र होइन, विदेशमा पनि सीपका आधारमा टिक्न सक्ने बनाउँछ। उनले तालिमलाई अझ प्रभावकारी बनाउन संस्थाको तर्फबाट अनुभवी प्रशिक्षक र व्यवहारिक अभ्यासमा जोड दिइएको जानकारी दिइन्।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले पब्लिक ड्राइभिङ ट्रेनिङ सेन्टरबाट प्राप्त तालिम व्यावसायिक जीवनमा अत्यन्त उपयोगी भएको अनुभव बाँड्दै, तालिमपछिको जीवनलाई स्वरोजगारमुखी बनाउने प्रतिबद्धता जनाएका छन्। उद्यम विकास सहजकर्ता राधिका चौधरीका अनुसार, तालिम सहभागीहरूमध्ये धेरैले व्यावसायिक चालकको रूपमा काम सुरु गर्ने तयारी गरिरहेका छन्। यस्तो प्रकारका तालिमले ग्रामीण क्षेत्रमा आत्मनिर्भरता र उद्यमशीलता विकासमा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरिन्।

पब्लिक ड्राइभिङ ट्रेनिङ सेन्टरको प्राविधिक सहयोग, अनुभवी टिम र व्यवहारिक तालिम विधिले तालिमलाई परिणाममुखी बनाएको भन्दै आयोजक र सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। पालिकाको सक्रिय सहभागिता र सेन्टरको व्यावसायिकताले आगामी दिनमा यस्ता तालिमहरू निरन्तर चलिरहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर