२९ पुस २०८२, मंगलबार । January 14, 2026

पूर्व श्रीमानले गरे दुई बच्चासहित पूर्व श्रीमतीको विभत्स हत्या



बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरको होराइजन चोक नजिकैको मिलिजुली पथमा मंगलबार बिहान एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ।

प्रहरीका अनुसार ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्व पत्नी दिपा बस्याल र उनका दुई छोरीहरू—७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको चक्कु र घन प्रहार गरी निर्मम हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न अभियुक्त कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

दिपा बस्यालले सुजन कोइरालासँग सम्बन्धविच्छेद गरेपछि पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। मृतक दुई बालिका दिपा र शंकर ढकालका सन्तान हुन्। डिएसपी रानाका अनुसार, सुजनले पूर्व पत्नी र बालिकालाई आफ्नो घरमा बोलाएर योजनाबद्ध रूपमा बिहानै हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानमा चक्कु र घन प्रयोग गरेर हत्या गरिएको खुलेको छ।

घटनाले सम्पूर्ण बुटवल क्षेत्र स्तब्ध बनेको छ। मृतक परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय बासिन्दा र समाजले न्यायको माग गरिरहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले