२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज


५ जेष्ठ २०८२, सोमबार  

9
Shares

काठमाडौं । रूपन्देही कारागारमा ४२ दिनदेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा अन्ततः सोमबार सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा यसअघि पाँच पटकसम्म ‘हेर्न नमिल्ने’ सूचीमा परिरहेको उक्त मुद्दा सोमबार भने ‘हेर्न मिल्ने’ इजलासमा परेको छ। आइतबार न्यायाधीश डा। मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा मुद्दा फेरि हेर्न नमिल्ने सूचीमा परेपछि, सोही इजलासले अब ‘हेर्न मिल्ने’ इजलासमा राख्न आदेश दिएको हो।

मुद्दाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै सर्वोच्च अदालतको प्रशासनलाई प्राथमिकताका आधारमा सुनुवाइ सुनिश्चित गर्न निर्देशन दिइएको छ। हालसम्म न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था रहेको उल्लेख गरिएको छ।

यदि बाँकी रहेका न्यायाधीशहरूबाट पनि हेर्न नमिल्ने अवस्था भएमा, सोमबार ‘हेर्न मिल्ने’ न्यायाधीशहरूबाट मात्र गोला प्रणालीमार्फत इजलास गठन गरिने निर्णय भएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ